तपाईँ सुन्दै हुनुहुन्छः

नगरबासिको आम्दानीको स्रोत बढाउन दुहबीमा व्यावसायिक भवन

सुनसरी । दुहबी नगरबासीको ब्यापार व्यवसाय प्रवर्द्धनका लागि सुनसरीको दुहबीमा आज बिहीबार व्यावसायिक भवन शिलान्यास गरिएको छ ।

सिङ्गो सहरको सुविधा एकै ठाउँ हुने गरी दुहबीमा व्यावसायिक भवन बनाउन लागिएको हो । सपिङ कम्प्लेक्स आयोजना निर्माणका लागि आज बिहीबार दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले सपिङ कम्प्लेक्सको शिलान्यास गर्नुभयो।

नगरप्रमुख गच्छदारले समृद्ध नगर बनाउन विकासले भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सपिङ कम्प्लेक्सले स्थानीय व्यवसायीलाई आम्दानीको स्रोत बढाउने र नागरिकलाई एकै थलो बाट सेवासँग जोड्ने बताउनुभयो ।    

२० करोड २८ लाख ७ सय ९७ रुपैयाँ लागतमा निर्माण हुन लागेको व्यावसायिक भवन सुविधा सम्पन्न  बेस्मेन्ट पार्किङ, व्यावसायिक सटर, सोपिंगहब सहित सुविधा सम्पन्न शौचालय समेत निर्माण हुने नगरप्रमुख गच्छदारले जानकारी दिनुभयो । 

दुहबी नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिकाको पश्चिम तर्फ बहुतले व्यावसायिक भवन  निर्माण सुरु भएको छ । 

नगरप्रमुख गच्छदारले समृद्ध नगर बनाउन विकासले भूमिका निर्वाह गर्ने उल्लेख गर्दै व्यावसायिक भवनले स्थानीय व्यवसायीलाई आम्दानीको स्रोत बढाउने बताउनुभयो । 

गच्छदारले स्थानीय सरकार निर्माणपछि विगतको तुलनामा विकासले फड्को मारेको दाबी गर्दै स्थानीय सरकारको अभ्यास सुशासन र विकासमा एकै पटक भएको जिकिर गर्नुभयो ।

शिलान्यास कार्यक्रममा दुहबी  नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेलले यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत् अध्ययन पश्चात् निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महत्वपूर्ण आयोजना समयमै सपन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको  नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको सहरी पूर्वाधार विकासमा लगानी बढाएकोमा नेकपा माओवादी केन्द्रका दुहबी नगर अध्यक्ष हैदर अलिले खुशी व्यक्त गर्नुभयो ।

निर्माण हुन लागेको तिन तले भवनको २ वर्षमा निर्माण सक्ने लक्ष्य रहेको असोसियेट जिक्याम बैकुण्ठ जेभि गुसिंगल ललितपुरका प्रतिनिधिले जानकारी दिए  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button