तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्क तथा वित्तीय क्षेत्रका सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल र नेपाल बैङ्क लिमिटेडबिच बैङ्किङ सूचना तथा प्रवर्द्धनात्मक सामग्री प्रसारण गर्ने सम्झौता भएको छ ।

रेडियो नेपालको केन्द्रिय प्रसारण कार्यालय काठमाडौँ र प्रादेशिक प्रसारण केन्द्रहरूमार्फत बैङ्क तथा वित्तीय क्षेत्रका सूचना तथा सन्देश प्रसारण गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले बैङ्क तथा वित्तीय क्षेत्रका विषयलाई रेडियो नेपालले समावेशी सामग्रीका रुपमा उत्पादन तथा प्रसारण गरी आम नागरिकको पहुँचमा सूचना प्रवाह गर्ने बताउनुभयो ।

नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले रेडियो नेपालसँगको प्रसारण सहकार्य मजबुद बनाउँदै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button