तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा बाढी पहिरोमा परेर ५४ जनाको मृत्यु, ५२ घाइते, ६ जना बेपत्ता 

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लामा हालसम्म बाढी र पहिरोमा परी ५४ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते हुनुका साथै ६ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा फसेकामध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ३ सय ३६ जना र अन्य तवरबाट ३ हजार २ सय ३६ जनाको उद्धार गरिएको छ ।

काभ्रेमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी कार्यालयको जानकारी अनुसार ५२ जना घाइते रहेका छन् भने ६ जना अझै बेपत्ता छन् ।

बाढी पहिरोमा फसेकामध्ये हेलिकप्टरमार्फत ३ सय ३६ जना र अन्य तवरबाट २ सय ३६ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाढीपहिरोले अवरुद्ध बिपी राजमार्ग खण्ड सञ्चालनमा आएपनि नेपालथोक धुलिखेल सडक खण्डमा अवरोध कायम रहँदा सवारीसाधन प्रभावित भएका छन् । यता अरनिको राजमार्गमा भने साना सवारी साधन सुचारु भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button