तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको दुलारीमा भएको बस दुर्घटनामा ३० यात्रु घाइते ।

मोरङ । मोरङको सुन्दरहरैँचा ५ दुलारीस्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा यात्रु बस ठोक्किएर भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।

गछियाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७१६ नम्बर र विपरीत दिसातर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस एकापसमामा ठक्कर खाएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दुवै बसमा सवारमध्ये ३० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारको लागि अस्पतालहरूमा पठाइएको प्रहरीले दिएको छ । बिहीबार १०ः२० बजे भएको दुर्घटनामा परेका बस प्रहरीले नियन्त्रणमा लिएको छ भने मे १ ख २६२८ नम्बरको बसका चालक झापा भद्रपुर–१ का रेवती श्रेष्ठ भने फरार भएका छन् । ७२१६ नम्बरको बसका चालक झापा कन्काई–१ का प्रकाश दर्जीलाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखेको छ ।

दुर्घटनामा इटहरी ३ निवासी गङ्गामाया घतानिको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेकोले न्युरो अस्पताल विराटनगरमा उपचारका लागि ल्याइएको छ भने सुन्दरहरैचा-७ निवासी धनकुमारी तिम्सिना टाउकोमा चोट लगेको अवस्थामा नोबेलमा उपचार भइरहेको छ ।

दुर्घटनामा अन्जना कार्की, जीवनकुमारी राई, कुलप्रसाद तिम्सिना, रितिका मगर, करुणा चौहान, सपना राई, पवित्रा खड्का, मन्जना मण्डल, रन्जन मण्डल,सहितका घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button