तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ प्रारम्भ भएको छ । सिंहदरबारस्थित समितिको कार्यालय प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ भएको हो ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदै छ ।

न्याय परिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीश राउतलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपतिद्वारा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button