तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य मन्त्री पौडेलद्वारा बर्दघाट ट्रमा सेन्टरको शिलान्यास

नवलपरासी पश्चिम् । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललेले बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्नुभएको छ । बर्दघाट नगरपालिकाको आयोजनामा आज एक विशेष कार्यक्रमका बिच मन्त्री पौडेलले ट्रमा सेन्टरको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूलाई सहज उपचारका लागि बर्दघाट ट्रमा सेन्टरलाई राष्ट्रिय ट्रमा सेन्टरको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो । बर्दघाट नगरपालिकाले राष्ट्रिय आवास कम्पनीको जग्गा भाडामा लिएर निर्माण गर्न लागेको ट्रमा सेन्टर निर्माण स्थलको जग्गालाई ट्रमा सेन्टरकै स्वामित्वमा पुर्जा प्राप्तिका लागि समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माण कम्पनीलाई समयमै अगावै निर्माण सम्पन्न गर्न आग्रह गर्दै मन्त्री पौडेलले भुक्तानीका लागि कुनै समस्या हुन नदिने बताउनुभयो । बिमाको रकमलाई वृद्धि गरी थप प्रभावकारी बनाउदै लगिने पौडेलले बताउनुभयो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले निकै लामो र अथक प्रयासपछि ट्रमा सेन्टर शिलान्यास गर्न सफल भएको उल्लेख गर्दै ट्रमा सेन्टरले जग्गाको संरक्षणमा समेत टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खेम सारु मगर,प्रतिनिधि सभा बिनोद चौधरी, सरिता भुसाल, पूर्व मन्त्री हृदयेश त्रिपाठी, देवेन्द्रराज कँडेल लगायतले बोल्दै आम नागरिकको स्वास्थ्यसँग जोडिएको ट्रमा सेन्टरको निर्माणले आम नागरिकलाई निकै ठूलो टेवा पुग्ने बताउनुभयो ।

९ करोड बढीको लागतमा बन्ने ट्रमा सेन्टर निर्माणको जिम्मा एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्माणको समय अवधि १८ महिना रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button