तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोसीमा खसेको बसमा सवार सबै यात्रुको  उद्धार

सुनसरी । सुनसरीको  कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको  उद्धार गरिएको  छ ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बर बस नरसिंह डिलक्स यातायात बिहीबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बसमा सबार सबै जनाको सकुशल उद्धार भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो  । 

केही घाइते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको र यस विषयमा थप विवरण आउन बाँकी रहेको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button