तपाईँ सुन्दै हुनुहुन्छः

कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो

सप्तरी । गाईघाट जाँदै गरेको यात्रुवाहक बस बिहीबार बेलुका कोशी ब्यारेजबाट नदीमा खसेको छ ।

विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको हो । 

बस साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको थियो  । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । 

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३४ र ३६ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button