तपाईँ सुन्दै हुनुहुन्छः

हिरासतबाट फरार भएका थुनुवा मध्ये ४ जना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका थुनुवा मध्ये ४ जना लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

आइतबार बिहान करिब  साढे तीन बजे ९ जना थुनुवा भेन्टिलेशन फोडेर फरार भएकोमा १२ बजेसम्ममा ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।  

फरार हुनेमा लागूऔषध, अभद्र व्यवहार तथा चोरी मुद्दाका थुनुवा रहेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो । उहाँले भागेका थुनुवाहरुलाई पुनःपक्राउ गर्न चौतर्फि नाकाबन्दी गरेर खोजी गर्ने काम भईरहेको छ ।

फरार हुनेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखियारहेका छन् यस्तै, अभद्र व्यवहार तथा चोरी मुद्दाकम सुमित मेस्तर(नावालक), मनिष मण्डल र विकी कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसै बीच जिल्ला प्रहरी कार्यालय परिसरमा भएको थुनवा कक्षवाट कसरी थुनुवा फरार भएको हो त्यस विषयमा प्रदेश प्रहरी कार्यालयले छानविन गर्ने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले जानकारी दिनु भयो ।

उहाँले कहाँवाट सुरक्षा कमजोरी भएको हो त्यसको छानविन गरेर दोषि देखिने माथि आवश्यक कारवाहीका लागि केन्द्रीय प्रहरी प्रधान कार्यालयमा शिफारिस गरिने पनि मिआईजी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button