तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन कायम हुनेगरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री आचार्यको निर्देशन

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी तयार गरेको रणनीतिक योजनाअनुसार काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

उहाँले तीनै तहका सरकारबाट बिनियोजन भएको बजेट जनताले थाहा पाउनु सूचनाको हक अन्तर्गत पर्ने भएकाले पनि बजेट कार्यान्वयन गर्दा स्थानीयको स्वामित्व प्राप्त गर्न सकेमा मात्र विकास दिगो हुने बताउनुभयो  ।जिल्ला समन्वय समिति अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेशबाट विनियोजित हरेक बजेट स्थानीय सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने भन्नुहुँदै मुख्यमन्त्री आचार्यले विकास निर्माण कार्यलाई पारदर्शी बनाउन प्रभावशाली अनुगमन समिति बनाउने गरी कानुन संशोधन गर्न लागिएको बताउनुभयो ।

सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई कडाइका साथ लैजाने भन्नुहुँदै उहाँले लुम्बिनीको विकासमा नयाँ आयाम आउने गरी काम गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button