तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले आज समुद्री सतह वृद्धि सम्बन्धि सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली महासभाको अधिवेशन तथा द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीसँग एमसिसिका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले अमेरिकी समयअनुसार बुधबार बिहान शिष्टाचार भेटवार्ता हुने भएको छ ।

त्यसपछि, प्रधानमन्त्री ओलीले समुद्री सतहको वृद्धिका कारण अस्तित्वको संकट विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली र बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहाकार मुहम्मद युनिससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बुधबार साँझ प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोह सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button