तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते

बारा । पूर्व पश्चिम राजमार्गस्थित बाराको उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ देउखुरी गटवा ५ बस्ने अन्दाजी बर्ष ४५ को चेतन राय यादव रहेको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

रायको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ४३ जना घाइते भएका छन् । १० जना गम्भीर घाइतेलाई बयोधा अस्पताल बिरगंजमा थप उपचारका लागि रिफर गरिएको छ भने अन्य सामान्य घाइतेको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सि.टी अस्पताल निजगढमा उपचार भईरहेको छ ।

बिहान १:०० बजे काकडभित्ताबाट दाङतर्फ जाँदै गरेको ना८ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाइते भएका हुन ।

गम्भीर घाइतेहरूमा बस चालक सल्यान शारदा नगरपालिका–३ बस्ने ४० को भोला बहादुर भण्डारी, प्युठान सरुमाइरानी–३ बस्ने बर्ष ४६ को ईमा राम सुनार र सुर्खेत भेरी गंगा नगरपालिका–११ बस्ने बर्ष २५ का सोनु बिक. रहेका छन् ।

त्यसैगरी, अर्घाखाँची सितागंगा ७ निवासी २७ वर्षीय रोम बहादुर राउत, प्युठान बांगेशाल नपा १ निवासी ३५ को बल बहादुर दमाई, सल्यान शारदा ५ बस्ने बर्ष ५५ को बल बहादुर मगर रहेका छन् ।

त्यस्तै, दाङ मटिअर्वा ५ बस्ने बर्ष ३५ को दयाराम यादव, दाङ राजपुर बर्ष २१ को चितराम यादव, प्युठान हंसपुर ३ बस्ने बर्ष ५९ को गङ्गाराम बि.क., धनकुटा चौबिसकोटी ५ बस्ने बर्ष ३५ की खेम कुमारी माखा रहेका छन् ।

अगाडिको पट्टा भाँचिदा बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button