तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका दुई समितिको निर्वाचन, सपथ र पदभार ग्रहण सम्पन्न

काठमाडौँ । राष्ट्रियसभाका दुई समितिका नव निर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको सपथ लिनुभएको छ 

समितिको आज बिहान बसेको बैठकबाट राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित समितिका सभापतिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । 

सपथ लगत्तै दुवै समितिका सभापतिहरूले आजै पदभार ग्रहणसमेत गर्नु भएको छ । राष्ट्रिय सभा अन्तर्गतका रिक्त रहेको व्यवस्थापन समितिको सभापतिका लागि नेकपा एकीकृत समाजवादीका सांसद जयन्तीदेवी राई र नेकपा एमालेका सांसद तुुलसा कुमारी दाहालले हिजो मनोनयन दर्ता गराउनुभएको थियो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले मनोनयन दर्ता गराउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button