तपाईँ सुन्दै हुनुहुन्छः

पारा ओलम्पिकमा कास्यपदक विजेता पलेसा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान

पोखरा । पारा ओलम्पिकमा कास्यपदक विजेता पलेसा गोवर्धनलाई पोखरामा नगद सहित सम्मान गरिएको छ ।

गण्डकी प्रदेश तेक्वान्दो सङ्घको समन्वयमा पोखरा रङ्गशालामा आइतबार  आयोजित सम्मान समारोहमा गण्डकी प्रदेश , पोखरा महानगरपालिका, कास्की जिल्सरकारला तेक्वान्दो संघ लगायतले नगदसहित सहित पदक विजेता खेलाडी गोवर्धनलाई सम्मान गरिएको हो ।

प्रदेश सरकारले १ लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार, संघ कास्कीले ५० हजार नगद सहित सम्मान गरिएको संघ प्रदेश अध्यक्ष जगनबहादुर गुरुङले बताउनु भयो । पदक विजेता गोवर्धनलाई सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको नाम उँचो पार्न सहयोग गर्ने खेलाडीलाई  सम्मान गर्नु पर्ने बताउनु भयो । उहाँले ओलम्पिकमा पदक दिलाउने गोवर्धनलाई मासिक भत्ता उपलब्ध गराउने वचन समेत दिनुभयो ।

२१ बर्षीया पदक विजेता गोवर्धनलाई सम्मान गर्दै पोखराका मेयर धनराज आचार्यले खेलाडीको हौसला स्वरूप सम्मान  गरिएको बताउनु भयो । उहाँका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको पोखरा १४ का अध्यक्ष एवं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बहादुर बानियाले बताउनुभयो । संघका केन्द्रीय अध्यक्ष प्रकाश सम्शेर राणाले नेपाली खेलकुदमा धेरै पदकको सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button