तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

डोटी । सुदूरपश्चिम प्रदेशका तीन वटा पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् वितरण केन्द्र दिपायलका अनुसार बुधवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण शुक्रवार बिहानदेखि डोटी अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध भएको छ । 

नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख टेक बहादुर खड्काकाअनुसार डडेल्धुरा जिल्लाको स्याउले सब-स्टेसन देखी दिपायल पिपल्ला सब-स्टेसनसम्मको ३३ केभी प्रसारण लाइन फल्ट हुँदा विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । 

अवरुद्ध विद्युत् सुचारु गर्नका लागि बिहानैदेखि प्राविधिक टोली खटिएको भए पनि अहिलेसम्म कुन ठाउँमा फल्ट भएको छ भन्ने पत्ता लगाउन मुस्किल परेको खड्काले बताउनुभयो । 

बिहानै देखि विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूले दैनिक कार्यमा समस्या खेप्नुपरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button