तपाईँ सुन्दै हुनुहुन्छः

कयौँ पूर्वाधार अधुरा छन्,अब काम गर्ने पद्धति बदल्नु जरुरी छ: महामन्त्री  थापा 

नवलपरासी,पश्चिम्  । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा निर्माण सुरु भएका तर लामो समयसम्म निर्माण सम्पन्न नभएका अधिकांश सडक पूर्वाधारको अवस्थाले सडक सञ्जाल अस्तव्यस्त बनेको बताउनु भएको छ ।

नेपालमा निर्माणाधीन अवस्थामा रहेका कयौँ सडक,हुलाकी सडकहरू समयमै निर्माण सम्पन्न नहुने रोग बढ्दै गएका कारण काम गर्ने पद्धति बदल्नुपर्ने जिकिर गर्नु भयो ।

हुलाकी सडक बर्षौ सम्म नबनेको भन्दै पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष  आज बाट आमरण अनशन बसेसँगै अनशन स्थलमा सहभागी हुन आउनु भएका महामन्त्री थापाले सडक निर्माणका लागि सरकारको एउटा अङ्गनै अनशन बस्नु पर्ने अवस्था आउनु दुखद रहेको उल्लेख गर्नु भयो ।

 “स्थानीय तह आफैमा एउटा सरकारको अङ्ग हो,एउटा अङ्ग सरकारको अर्को अङ्गलाई काम गर्देऊ भनेर अनशन बस्नु परेको छ यो दुखद हो”  थापाले भन्नू भयो ।

नेपालमा अधिकांश हुलाकी सडकहरू निर्माण सम्पन्न नभै अस्तव्यस्त रहेकोले यति तरिकाले काम भए हुलाकी सडक निर्माण हुन अझै ३८ बर्ष लाग्ने उहाँको भनाई थियो ।आफूले संवाद यात्राका क्रममा  थुप्रै हुलाकी सडक अलपत्र रहेको देखेको  बताउँदै महामन्त्री थापाले तत्कालीन समयमा सरकारलाई हुलाकी सडकको अवस्थाका बारेमा प्रतिवेदन बुझाएपनी तालुकदार मन्त्रालय र सम्बद्ध पदाधिकारीहरिले खासै चासो नदिएका कारण आज हुलाकी सडक अस्तव्यस्त रहेको बताउनु भयो ।

“मैले प्रतिवेदन बुझाए पटक पटक भने तर उहाँहरूले चासो दिनुभएन ।हानिकहा काम सुरु हुने तर नटुङ्गिने रोग बढ्दो छ यसकारण हामीले काम गर्ने पद्धति बदल्नु जरुरी छ ” थापाले भन्नू भयो ।

‘आज कसैलाई सजाय दिनुपर्‍यो भने नारायणगढबाट बुटवल जाने बसमा चढाइदिए पुग्छ’ महामन्त्री  थापाको व्यङ्ग्य थियो । 

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित गोपिगन्ज देखि बेलाटारी सम्मको हुलाकी सडक ६ बर्ष सम्म निर्माण सम्पन्न हुन नसकेपछि तत्काल काम सुरु गर्नु पर्ने माग सहित प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव आजबाट आमरण अनशन बस्नु भएको छ ।अध्यक्ष यादवलाई भेट्न महामन्त्री थापा अनशन स्थलमै पुग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button