तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण कालिकोटको गगने खोलामा आएको पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको हो । 

गगनेखोलामा आएको पहिरोले सड्कनै कटान गरेको बगाएको थियो । गगने खोला सँगै एसमोड मोल्फा,हुल्ममा पहिरोमा गाडी फसेपछि सडक पूर्ण रुपमा अवरुद्ध थियो । निरन्तर वर्षातकै बीच उपलब्ध स्रोत साधन र जनशक्तिको प्रयोग गरेर पहिरो पन्छाएर सडक खोलिएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो । 

राजमार्गको कालिकोट स्थित गगनेखोलामा पहिरोको जोखिम कायमै रहेको छ । उहाँले भन्नुभयो,‘गगनेखोलामा पहिरो कति बेला आउँछ भन्न सकिने अवस्था छैन । पटक पटक उक्त खोलामा आएको पहिरोले सडक पुरै कटान भइसकेको छ । वर्षा निरन्तर जारी रहेको र अन्य स्थानमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न जरुरी छ ।’

दुहिदिन देखि सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका थिए । माल बाहक तथा यात्रु बाहक सवारी जाम परेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button