तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा सरकारी गाडी दुर्घटना हुँदा पाँच घाइते 

सल्यान । पूर्वाधार विकास कार्यालय सल्यानको जिप दुर्घटना हुँदा चालक सहित पाँच जना घाइते भएका छन् । 

बिहीबार साझ श्रीनगरबाट खलङ्गा जाँदै गरेको क.प्र ०२००२ झ ००३५ नम्बरको बोलेरो शारदा नगरपालिका २ मैसेपानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी बोलेरो चालक दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका १ पाल्तडाकाका ३० वर्षीय भरत प्रसाद शर्मा, चालकको श्रीमती २२ वर्षीया कविता सिजापति, कास्की पोखरा महानगरपालिका १७ का २७ वर्षीय सागर आर्चाय, डोटी दिपायल सिलगढी नगरपालिका १ का २२ वर्षीया मनमोहन सिंह खड्का र पर्सा विरगंज महानगरपालिका १३ की २१ वर्षीया पुनम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । घाइतेहरू सबैको अवस्था मध्यम रहेको उहाँको भनाई छ । 

बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ । फिल्डबाट फर्कने क्रममा बोलेरो दुर्घटना भएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button