तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बैठक बोलाएको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेदेखि अवकाश हुनुहुन्छ । 

बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button