तपाईँ सुन्दै हुनुहुन्छः

इजरायली सेनाको हेलिकप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

जेरुसेलम । दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाहको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ”, विज्ञप्तिमा भनिएको छ । घटनाको कारणबारे वायुसेना कमाण्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button