तपाईँ सुन्दै हुनुहुन्छः

बहस समाप्त भएपछि राष्ट्रपति पदका लागि ह्यारिसलाई टेलर स्विफ्टको समर्थन

वासिङ्टन । सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गर्नुभएको छ । 

“मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता हुनुहुन्छ र यदि हामी अराजकताको नभई शान्तिपूर्ण नेतृत्वमा भयौँ भने यस मुलुकमा धेरै नै हासिल गर्न सकिन्छ भन्ने मलाई विश्वास छ”, उहाँले मङ्गलबार राति इन्स्टाग्राममा पोस्ट गर्नुभयो । 

नोभेम्बरको निर्वाचनमा प्रमुख जनसाङ्ख्यिकीयका रूपमा स्विफ्टसँग युवा महिलाहरूमाझ समर्पित अनुयायी छन् । उहाँको पछिल्लो भ्रमणले टिकट बिक्रीमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । आधा घण्टाको उहाँको पोस्टलाई २३ लाखभन्दा धेरै ‘लाइक’ प्राप्त भएको छ । 

उहाँले आफ्नो बिरालो बेन्जामिन बटनलाई समातेको एउटा तस्बिर समावेश गर्नुभयो र ‘निःसन्तान बिरालो लेडी’ भन्ने सन्देशमा हस्ताक्षर गर्नुभयो । उक्त टिप्पणी डोनाल्ड ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले गर्नुभएको तीन वर्ष पुरानो टिप्पणीका सन्दर्भमा आएको हो । भान्सले बच्चा नभएका महिलाहरूसँग मुलुकको भविष्यमा समान दाबी नहुने बताउनुभएको थियो । 

ह्यारिसका एक वरिष्ठ अभियान अधिकारीले समर्थन अभियानसँग समन्वित नभएको बताउनुभयो । ह्यारिसका उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज एमएसएनबिसीमा प्रत्यक्ष अन्तरवार्ताको बीचमा समर्थनका बारेमा जान्नका लागि उपस्थित हुनुभएको थियो । राचेल म्याडोले पाठ पढ्दा वाल्जले मुस्कुराउँदै आफ्नो छाती थपथपाउनुभयो । 

“त्यो धाराप्रवाह र स्पष्ट थियो”, वाल्जले भन्नुभयो, “अमेरिकामा हामीलाई खडा हुन यस्तै प्रकारको साहसको आवश्यकता छ ।”

स्विफ्टले आफ्नो समर्थन आंशिक रूपमा ट्रम्पको आर्टिफिसियल इन्टेलिजेन्स ९कृत्रिम बौद्धिकता० ले उत्पन्न गर्ने चित्रहरू पोस्ट गर्ने निर्णयबाट प्रेरित भएको लेख्नुभएको छ । यसबाट उहाँले ट्रम्पको समर्थन गर्नुभएको थियो भन्ने थाहा हुन्छ । एक जनाले स्विफ्टलाई अङ्कल सामका रूपमा कपडा लगाएको देखाएका छन् र पोस्टमा भनेका छन्, “टेलर डोनाल्ड ट्रम्पलाई मतदान गरुन् भन्ने चाहनुहुन्छ ।”

“ट्रम्पको पोस्टले मलाई एक मतदाताका रूपमा मैले यो निर्वाचनका लागि आफ्नो वास्तविक योजनाहरूका बारेमा अत्यन्त पारदर्शी हुन आवश्यक छ भन्ने निर्णयमा पुर्याएको छ”, स्विफ्टले लेख्नुभएको छ, “मैले मेरो अनुसन्धान गरेँ र आफ्नो रोजाइ बनाएँ ।”

ट्रम्पले बुधबार स्विफ्टको कदम ‘समयको प्रश्न मात्र थियो’ भन्नुभएको छ । उहाँले ‘फक्स एन्ड फ्रेन्ड्स’ लाई भन्नुभयो, “स्विफ्ट अत्यन्त उदार व्यक्ति हुनुहुन्छ, उहाँ सधैँ डेमोक्रेटलाई समर्थन गरेको देखिनुहुन्छ र सम्भवतः उहाँले बजारमा यसको मूल्य चुकाउनुपर्नेछ ।”

स्विफ्टले सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई समर्थन गर्नुभयो र तत्कालीन उपराष्ट्रपति माइक पेन्सविरुद्ध बहसमा ह्यारिसका लागि खुशी व्यक्त गर्नुभयो । उहाँले ट्रम्पको खुलेआम आलोचना गर्दै भन्नुभयो, “उहाँले श्वेत वर्चस्व र नस्लवादको आगो सल्काउनुभएको छ ।”

स्विफ्ट मुलुकभर विशेषगरी डेमोक्रेटहरूमाझ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ । सन् २०२३ को अक्टोबरमा फक्स न्युजले गरेको सवेक्षणमा ६८ प्रतिशत डेमोक्रेटसहित समग्रमा ५५ प्रतिशत मतदाताहरूले स्विफ्टप्रति उनीहरूको दृष्टिकोण अनुकूल थियो भनेका छन् । सर्वेक्षणमा ४३ प्रतिशतको राय अनुकूल र ४५ प्रतिशतको प्रतिकूलसहित रिपब्लिकनहरू विभाजित रहेको देखिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button