तपाईँ सुन्दै हुनुहुन्छः

यी हुन वाग्मती प्रदेश सरकारले गरेका नियुक्तिहरू

मकवानपुर । वाग्मती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण नियुक्तिहरू गरेको छ। प्रदेश नीति तथा योजना आयोगमा नयाँ पदाधिकारीहरू चयन गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका गङ्गादत्त नेपाललाई आयोगको उपाध्यक्षमा तथा आयोगका सदस्यहरूमा काभ्रेका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठ नियुक्त गरिएको प्रवक्ता लामिछानेले बताउनुभयो । 

यसैगरी, प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ । खेलकुद मन्त्रालय कायम भए पनि कानुनी जटिलताका कारण यो नियुक्तिमा ढिलाइ भएको थियो ।

त्यस्तै बैठकले अन्य केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । साथै, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि विनियोजित बजेट खर्च गर्न स्वीकृति दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button