तपाईँ सुन्दै हुनुहुन्छः

कारागारमै औपचारिक शिक्षा पूरा गर्दै १०५ कैदीबन्दी

बाँके । औपचारिक अध्ययन पूरा गर्न नपाएका नेपालगंज कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । नेपालगंज कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासनले जनाएको छ ।

सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाहरू अध्ययन गरी रहेको जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बताउनु भयो । कैदीबन्दीलाई प्रधानाध्यापक ज्योतिप्रकाश पौडेल र कारागारभित्रका अन्य दुई बन्दीले अध्ययन गर्न सहयोग गरेको बुढाथोकीको भनाई ।

जेलर बुढाथोकीले भन्नुभयो,‘जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरूले नेपालगन्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिने गरेका छन् । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने छ ।’ उहाँले भन्नुभयो, बन्दीलाई मानसिक तनाबबाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुँदै गएको छ । 

बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुन्छन् भने  बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरूले लाभ लिई रहेका छन् । 

कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन् । “बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न नपाएकाहरू पनि यहाँ फुर्सद हुँदा पढ्न थालेका छन् ।” कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ । कारागारमा अहिले छ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् ।

उहाँले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको जिकिर गर्नु भयो । जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरूले नेपालगन्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएका छन् । 

पढ्ने कैदीबन्दी तथा थुनुवाहरूमध्ये लागुऔषध दुर्व्यसन मुद्दामा कारागारमा रहेका धेरै छन् । विसं २०५० देखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको जेलर बुढाथोकीले जानकारी दिनुभयो । कारागारभित्र कक्षा १ मा २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गरी रहेका छन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि सञ्चालन गर्दै आएको बुढाथोकीको भनाई थियो । 

बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरूले लाभ रहेको बुढाथोकीले उल्लेख गर्नु भयो । तिन सय पचास कैदी बन्दीको क्षमता रहेको कारागारमा अहिले छ सय ८३ कैदीबन्दी तथा थुनुवा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button