तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरकी शिवाकोटीको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु

भद्रपुर, झापा । झापा मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दीक्षा)को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको छ ।

अस्ट्रेलियाको सिड्नी शहरदेखि केही टाढा हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शङ्कास्पद अवस्थामा फेला पारेको हो । तुलसामाया एक दिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य व्यापार ‘एभरेस्ट बुचरी’मा पार्टटाइम काम गर्दै आएकी थिइन् । उनका श्रीमान् रवि प्रसाईँ सोही बुचरी घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।

अघिल्लो दिन रवि र तुलसामाया सँगै ड्युटी गएर सँगै फर्केका थिए । रविको आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउन्टर सोझै देखिन्थ्यो । अर्को दिन भदौ २३ गते ड्युटी समयमा काउन्टरमा तुलसामायालाई नदेखेपछि आफूले खोजी गरेको रविको भनाइ छ ।

रविले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर बेपत्ता भएकी आफ्नी पत्नी खोजी गरिदिन भन्दै निवेदन दिएका थिए । अस्ट्रेलियामा मिसिङ नोटिस सार्वजनिक भएपछि त्यहाँको समयानुसार १०ः४ बजे पसलबाट निस्किएकी तुलसामायालाई झन्डै २५ किलोमिटर टाढा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शङ्कास्पद अवस्थामा मृत फेला पारिएको थियो । प्रहरीको अनुसन्धानकै क्रम रहेकाले उनको शव हालसम्म परिवारलाई दिइएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button