तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चट्याङ्ग लागेर एकजनाको मृत्यु, अर्का घाइते

चितवन । चितवनमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १०, पाइमराङ्गका दिल बहादुर प्रजाको मृत्यु र सरिता चेपाङ्ग घाइते भएकी हुन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज अपराह्न ३ बजे आफ्नो घरदेखि १ किमी पूर्व सम्धिनीको घरमा बसेका बेला चट्याङ्गले ५० बर्षीय प्रजाको मृत्यु भएको हो ।

अन्दाजी २४ बर्षीय चेपाङ्ग दाहिने हात र खुट्टामा चोट लागि घाइते भएको र उपचारको लागि भरतपुर अस्पताल ल्याइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button