तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा डेंगु संक्रमण उच्च, ३५९ जनामा डेंगु पुष्टि

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा यस बर्ष पनि डेंगुको संक्रमण उच्च देखिएको छ । अघिल्ला बर्ष जस्तै यस बर्ष पनि उल्लेख्य मात्रामा डेंगुका बिरामी भेटिएका छन् । यो सिजनमा हालसम्म ३५९ जना डेंगु संक्रमित बिरामी भेटिएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पाल्पा जिल्लामा १४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि रुपन्देहीमा ८४ जनामा डेंगु देखिँदा दाङमा ६८ र बाँकेमा ३० जनालाई डेंगु भएको छ । यस्तै अर्घाखाँचीमा ११, बर्दिया ८, प्युठान ६, रोल्पा ३ तथा रुकुम पूर्व र नवलपरासी पश्चिममा १/१ जनामा डेंगु पुष्टि भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस बर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button