तपाईँ सुन्दै हुनुहुन्छः

पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को  पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मतदान सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्य पूरा गरेपछि मतदान साँझ ६ बजेदेखि सुरु भएको हो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नुभएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै रातिसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारीसहित बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । एक सय पाँच पदका लागि भएको निर्वाचनमा करिब दुई सय उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउनेछन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य, विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button