तपाईँ सुन्दै हुनुहुन्छः

‘मन्दिरको भेटी व्यवस्थापन र सदुपयोग आवश्यक’

काठमाडौँ । सांसदहरूले मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा ‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उहाँहरूले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको हो ।

सांसदहरूले गुठीका नाममा रहेको जग्गाको संरक्षण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउनुपर्ने र गुठी लगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button