तपाईँ सुन्दै हुनुहुन्छः

तिन हप्ता पछि खुल्यो गमगढी-तारापानी-सोरुकोट  सडक 

मुगु । अवरुद्ध भएको तीन हप्ता पछि गमगढी-तारापानी सडक खुलेको छ ।

सोरु गाउँपालिका वडा न ८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आइ करिब ३०० मिटर सडक लगेपछि गत महिनाको १५ गतेबाट यो सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिका तिर जाँदा र सदरमुकाम गमगढी तिर आउँदा तिनवटा गाडी फेर्नु पर्ने बाध्यता थियो भने पहिरो पार गर्दा जोखिम मोलेर दौडनु पर्ने अवस्था थियो ।

गाउँपालिकाले ४ गते देखि नै पहिरो पन्छाउन खोजेपनी वर्षा भइरहेको र थप माथिमाथी पहिरो आइ काम गर्ने स्काभेटर समेत छोपिने सम्भावना देखिएपछि केही दिन सडक खुलाउने काम रोकेका थियौ मौसममा केही सुधार आएकोले पुन काम शुरु गरि सोमबारबाट यो खण्ड सुचारु भएको कामको जिम्मा लिएका निर्माण व्यवसायी बलिराज शाहिले जानकारी गराउनु भयो । 

कर्णाली प्रदेश सरकार मातहतको यो सडक खुलाउन प्रदेश सरकारले आजसम्म कुनै पहल गरेको छैन गत वर्षपनी सोही स्थानमा पहिरो आउँदा महिना दिन सडक अवरुद्ध भएको थियो त्यो बेला पनि सोरु गाउँपालिकाले विकास बजेट काटेर सो ठाउँ पहिरो पन्छाएर सडक खुलाएका थियौ सोरु गाउँ पालिकाका उपाध्यक्ष केशरजङ्ग शाहिले भन्नुभयो ।

पहिरो गएको आशिधारा खोलाको ५ गते प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुवर,नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल र सोरु गाउँपालिका उपाध्यक्ष केशरजङ्ग शाही सहितको टोलिले स्थलगत अवलोकन समेत गरेको थियो । 

अवलोकनको क्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले स्थायी समाधान गर्न करोडौँ बजेट लाग्ने देखिन्छ त्यो प्रदेश र सङ्घीय सरकारले भोलिका दिनमा गर्लान् तर स्थानीयलाई तत्काल समस्या समाधान र जनतालाई सहजता दिन पहिरो पन्छाएर अस्थायी ट्रयाक खोल्न गाउँपालिकालाई सुझाव दिनु भएको थियो ।

गमगढी-तारापानी २३ किमी सडक खुलेपनि तारापानी-सोरुकोट २२ किमी सडक सडक अझै अवरुद्ध छ यो खण्डको सिप पहिरो भन्ने ठाउँमा सुख्खा खोलामा बाढी आइ सडक बिगारेको छ । तारापानीसम्म सडक खुलायौ अब सिप पहिरोको अवरोध पनि २र४ दिन मै हटाएर गाउँपालिका केन्द्र सोरुकोट सम्मै सडक नियमित बनाउने उपाध्यक्ष शाहिले बताउनु भयो ।

गत वर्ष पनि सोही स्थानमा  ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलायौ  यो चोटि पनि  उधारोमा पहिरो पन्छाएका छौ पालिकाको कुनै विकास काटेर तिर्नु पर्छ ,आफ्नो मातहतको सडक नभएपनी कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ,हाम्रा जनताले दुख्ख पाउने भएकाले उधारोमा मनाएर भएपनी सडक खुलाएका छौ  गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही बताउनु हुन्छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button