तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय बाल दिवसमा बाल गीत प्रतियोगिता हुने

रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ । रेडियो नेपाल र नेपाल बाल संगठनबीच राष्ट्रिय बाल दिवसको अवसरमा बाल गीत प्रतियोगिता आयोजना गरि रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार कक्षा १ देखि ८ कक्षसम्म अध्ययन गरिरहेका १४ वर्षसम्मका बालबालिका प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगिताको रेडियो नेपालले भदौ २८ गते बिहान ११ देखि १ बजेसम्म प्रत्यक्ष प्रसारण गर्नेछ।

सम्झौता पत्रमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्री र नेपाल बाल सङ्गठनका निमित्त प्रमुख कार्यकारी अधिकृत सविता लम्सालले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button