तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन : डोल्पामा काइके गाउँपालिका पहिलो

डोल्पा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अन्तरगत डोल्पामा काइके गाउँपालिका पहिलो स्थानमा रहेको छ ।

आर्थिक बर्ष ०७९र०८० मा डोल्पाको काईके गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा कुल ८३.२५ अङ्क प्राप्त गरि डोल्पा जिल्लामा पहिलो भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रकाशन गरेको उक्त तथ्याङ्कमा डोल्पामा सबैभन्दा राम्रो अङ्क काईके गाउँपालिकाले प्राप्त गरेको पाइएको छ ।

नगरपालिका तथा गाउँपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया तथा विकास व्यवस्थापन गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्ने,आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाकाे भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरेको छ । नतिजा अनुसार ठुली भेरी नगरपालिका कुल अङ्कको ५९ अङ्क प्राप्त गरि अन्तिममा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button