तपाईँ सुन्दै हुनुहुन्छः

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु:  खेलकुदमन्त्री चौधरी

स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनुपर्छ: मन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताउनु भएकाे छ ।

मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो, “स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ। “

उहाँले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । “स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजानुपर्छ ७५३ वटै स्थानीय तह र सबै नगरपालिका/गाउँपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’ उहाँले भन्नु भयो।

मन्त्री चौधरीले हाल युवा तथा बालबालिकाहरूमा हुनुपर्ने सामाजिक संस्कार र नैतिक वान संस्कार बिस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, “अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। बिस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरुरी भइसकेको छ।”

स्काउटले प्राकृतिक प्रकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताउनु भयो । स्काउट अहिले ७ दशकमा पार  गरिसकेको छ । चाँडै नै शताब्दी मनाउने मोडमा आइपुगेको छ,”उहाँले भन्नु भयो, स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु।” उहाँले स्काउटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह समेत गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button