तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान

जेनेभा। मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले सोमबार गाजा युद्ध फैलिने डरले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गर्नुभएको छ ।

“म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छु र प्रभावशाली राज्यहरूसहित सबै पक्षलाई अत्यन्तै अनिश्चित अवस्था बनेको छ भनेर तुरुन्तै कदम चाल्न आग्रह गर्दछु”, टर्कले भन्नुभयो । 

इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।

हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ ।  बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएका थियो । अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ । 

“पहिले नै, विगत १० महिनामा अधिकांश महिला र बालबालिकाहरूले बम र बन्दुकका कारण असहनीय पीडा सहेका छन्”, टर्कले भन्नुभयो, “यो स्थितिलाई रसातलमा जानबाट रोक्न सबैथोक गरिनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button