तपाईँ सुन्दै हुनुहुन्छः

नालामा डुबेर एक बालकको मृत्यु

बर्दिया । बर्दियामा नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका वडा नं ७ स्थित मृग नालाको बाँधमा डुबेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नं ८ बस्ने होम बहादुर कार्कीको छोरा १६ वर्षीय रोशन कार्की रहेका छन् ।

साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेकोमा साथीहरूले नै निकाली स्थानीय मेडिकलमा उपचार गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य अवस्था सिरियस भएपछि थप उपचारको लागि बर्दिया अस्पताल लगिए पनि उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button