तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडामा सञ्चालित व्यावसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) को परीक्षामा पाँचजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
भुटनदेवी माविमा चलिरहेको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको निःशुल्क (छात्रवृत्ति) परीक्षामा अरूको नाममा परीक्षा दिइरहेका व्यक्तिहरूलाई परीक्षा स्थलबाटै पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बाराका नरेन्द्र महतो, चितवनका रुपेश यादव, सर्लाहीका राजीवकुमार राउत, रौतहटका लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button