तपाईँ सुन्दै हुनुहुन्छः

नालामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

बाँके । बाँकेको डुडुवा नालामा डुबेर १ जना किशोरको मृत्यु भएको छ। बर्दिया राझापुर नगरपालिका घर भएका १५ वर्षीय भविष्य राना मगरको मृत्यु भएको हाे । उनी बिगत ८ वर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वार्ड नम्बर ६ मा बस्दै आएका थिए ।

साथी करण पौडेल र सबिन वलीसँग डुडुवा नालामा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button