तपाईँ सुन्दै हुनुहुन्छः

बाँके निकुञ्जबाट मरेको चित्तल र हातहतियार सहित एक जना पक्राउ 

बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर-१३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिनुभयो। थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको शाहले बताउनु भयो। पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको छ । 

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शङ्काको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए । गस्ती टोलीले गएराती १२ बजेतिर थारुलाई पक्राउ गरेको थियो । पक्राउ परेका थारु विद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button