तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १ वर्षको अवधिमा सडक दुर्घटनामा परी ६६ जनाको मृत्यु

बाँके । बाँकेमा एक वर्षको अवधिमा सडक दुर्घटनामा परेर ६६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार एक वर्षको अवधिमा २ बालक सहित ५० पुरुष र १६ महिला गरी ६६ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाएका हुन ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले आर्थिक वर्ष २०८०÷०८१ मा बाँकेमा भएका १५८ वटा सडक दुर्घटनामा परेर ६६ जनाले ज्यान गुमाएको बताउनुभयो ।

उहाँले एक वर्षको अवधिमा बाँकेमा भएका १ सय ५८ वटा सडक दुर्घटनाको घटनामा परेर १ सय ५० पुरुष, ६ बालक, ९ बालिका र ४७ महिला गरी २ सय १२ जना ले ज्यान गुमाएको जानकारी दिनुभयो ।

बाँकेमा सडक दुर्घटनामै परेर ६ चौपायाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । उहाँले सडक दुर्घटना बढ्नुको कारण सडकको अवस्था, बढ्दो जनसङ्ख्या र सवारी साधनको कारण भएको बताउनुभयो ।

उहाँका अनुसार बाँकेमा सडक दुर्घटना न्यूनीकरण गर्नको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेबाट विभिन्न खालका सचेतनाका कक्षा दैनिक रुपमा सरदर ७ वटाभन्दा बढी सञ्चालन गर्नुको साथै चालक सहचालकको स्वास्थ्य परीक्षण, आकस्मिक सवारी जाँच गर्ने लगायतका गतिविधि गरिएको छ ।

उहाँले एक वर्षको अवधिमा सवारी नियम उलङ्घन गर्नेलाई गरिएको ट्राफिक कारबाहीबाट २ करोड ६५ लाख ७६ हजार ५ सय राजश्व सङ्कलन भएको बताउनुभयो ।

यसैगरी, सडक दुर्घटना न्युनिकरणका लागि २ हजार ४ सय ७८ वटा जनचेतनामूलक कक्षा सञ्चालन गरी १ लाख २९ हजार १ सय ४८ लाई ट्राफिक सचेतना कक्षा दिइएको जानकारी दिनुभयो ।

उहाँले विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सडक दुर्घटना न्यूनीकरणको लागि आफूहरूको पहलले मात्रै सम्भव नभएको हुँदा सडक प्रयोग गर्ने सबैले अनुशासनपूर्वक ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गर्नुभयो ।

ट्राफिक कार्यालय बाँकेका अनुसार नेपालगन्ज सुर्खेत सडकखण्ड पूर्व–पश्चिम् राजमार्गको ढकेरी शम्शेरगन्ज सडक र नेपालगन्ज गुलरिया सडकखण्डमा बढी दुर्घटना हुने गरेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button