तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा नहरमा डुबेर किशोरको मृत्यु

बाँके । बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

बुधबार कोहलपुर ८ पिपरी निवासी १५ वर्षीय प्रीन्स बोहराको पौडी खेल्ने क्रममा सिक्टा सिचाई आयोजनाको गोल्छा साइडको नहरमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो।

घरबाट खेल्न भनि निस्किएका बोहरा नहरमा गएकोबारे थाहा नभएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button