तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान 

काठमाडौँ । उपसभामुख  इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसन ( 4th China Xizang Trans -Himalayan Forum for International Cooperation)मा भाग लिन आज अपराह्न १२ बजे छेन्दु  तर्फ जानु भएको हो । उहाँले उक्त फोरममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधिसभाका माननीय सदस्य सुहाङ  नेम्बाङ  र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी हुनुहुन्छ । (Trans -Himalayan Forum for International Cooperation)  हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा चाँसो राख्ने फोरमको रुपमा रहेको छ ।  उपसभामुख राना असार २४ गते स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button