तपाईँ सुन्दै हुनुहुन्छः

नारायणीमा डुबेका बालक मृत फेला

नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका ८ वर्षका बालक मृत फेला परेका छन् ।

गैँडाकोट–६ गैरी निवासी ८ वर्षका बालक युनिस नेपाली असार १२ गते साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका थिए । उनी अरू दुई साथीहरूसँगै नारायणी नदी किनारमा रहेको डुङ्गामा खेल्दा चिप्लिएर बेपत्ता भएका थिए ।

नेपालीको शव आज घटनास्थल भन्दा दुई किलोमिटर तल नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button