तपाईँ सुन्दै हुनुहुन्छः

झोराहाट नाट्य समूहद्वारा सामूहिक धान रोपाइँको आयोजना

मोरङ । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मोरङको ग्रामथान गाउँपालिकामा झोराहाट नाट्य समूहले सामूहिक धान रोपाइँको आयोजना गरेको छ ।

धान रोपाइँमा विराटनगर–६ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक, शिक्षिकाहरू, साहित्यकार र स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।

संस्कृति र उत्पादनको सम्बन्धलाई जोड्ने उद्देश्यसहित धान रोपाइँ आयोजना गरिएको झोराहाट नाट्य समूहका निर्देशक भरत गुरागाईँ बर्बरिकले बताउनुभयो । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा हरेक वर्ष झोराहाट नाट्य समूहले धान रोपाइँ कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button