तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड भन्दा बढी

बाजुरा । बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरूको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ ।

स्थानीय तह कार्यान्वयनमा आएदेखि आर्थिक बर्ष २०७९/०८० मा जिल्लाका नौ वटै स्थानीय तहहरूको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको हो। महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम गौमुल गाउँपालिकाको बेरुजु रहेको छ । महालेखाले २०८१ साल जेठ १२ गते बेरुजूको विवरण सार्वजनिक गरेको थियो । जसअनुसार स्वामिकार्तिक खापर गाउँपालिकामा २३ करोड ६६ लाख ८४ हजार र सबैभन्दा कम बेरुजु रहेको गौमुल गाउँपालिकामा १० करोड ६३ लाख ९४ हजार रहेको छ ।

त्यस्तै दोस्रोमा त्रिवेणी नगरपालिकामा २३ करोड २० लाख ३ हजार, बुढिगंगा नगरपालिकामा २२ करोड ६१ लाख ७५ हजार, बडिमालिका नगरपालिकामा १९ करोड ३० लाख ६ हजार, बुढिनन्दा नगरपालिकामा १७ करोड ८० लाख ७२ हजार पुगेको छ । त्यसै गरि जगन्नाथ गाउँपालिका १७ करोड ५८ लाख ६७ हजार, हिमाली गाउँपालिकामा १४ करोड ८ लाख ८ हजार, खप्तड छेडेदह गाउँपालिकामा १५ करोड ५१ लाख ४३ हजार पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९र०८० मा मात्र जिल्लाका ९ ओटै स्थानीय तहको बेरुजू १८ करोड १९ लाख ५८ हजार रहेको पाइएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार आर्थिक बर्ष ७९र८०मा जिल्लामा सबैभन्दा बढी बडिमालिका नगरपालिकामा बेरुजु रहेको पाइएको छ । बडिमालिका नगरपालिकामा मात्रै लेखापरीक्षण भएको रकमको २ दशमलव ६७ प्रतिशत अर्थात् २ करोड ९१ लाख दश हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सबै भन्दा कम बेरुजु त्रिवेणी नगरपालिकाको रहेको छ । त्रिवेणी नगरपालिकामा १ दशमलव शुन्य ७ प्रतिशत अर्थात् १ करोड ३६ लाख ५६ हजार रकम रहेको महालेखा प्रतिवेदन २०८१ मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button