तपाईँ सुन्दै हुनुहुन्छः

रोग पालेर पीडा लुकाउँछन् महिला 

आङ खस्ने समस्याले पीडित महिलाहरू स्वाथ्यचौकिमा उपचारका लागि आफ्नो पालो कुर्दै ।

मुगु । कर्णाली प्रदेशका साबिकका  जिल्लाहरूका महिलाहरूमा  आँङ खस्ने समस्या  बढ्दै गएको छ  ।

दुर्गम जिल्लाहरूका महिलाहरूमा कार्यबोझ, बाल विवाह तथा सुत्केरी हुँदा पोसिलो खानेकुरा अभावका कारण आँङ खस्ने समस्या बल्झिँदै गएको हो । महिलाहरूमा आँङ खस्दा आफ्नो समस्या बारे खासै नखुल्ने  हुनाले  दूरदराजका गाउँहरूमा यो जटिल स्वास्थ्य समस्याको रूपमा रहेको छ । 

एकातिर गाउँघरमा विशेष गरि धेरै जसो महिलाहरूमा आँङखस्ने समस्या भए पनि थोरै  महिलाहरूमात्र आफ्नो समस्याबारे खुल्ने गरेका छन् भने धेरै महिलाहरू अप्ठेरो मान्दछन्। छायानाथ  रारा नगरपालिका वडा नं  १० झाकोटकी महिला स्वास्थ्य स्वयम सेविका नानी बुढाका अनुसार गाउँघरमा धेरै महिलाहरूमा अझै आँङ खस्ने समस्या रहेको  र उनीहरु अझै पनि आफ्नो समस्याबारे  खुलेर प्रस्तुत नहुने समस्या रहेको बताउनुभयो ।

एउटै  गाउँमा  ८ देखि १० जना सम्म  आँङ खस्ने समस्याले महिलाहरू पीडित छन्, सानै उमेरमा विवाह हुन्छ र पोषिलो खाना नपाई कामको मात्र  बोझ हुनाले  महिलाहरूको आङ खस्छ स्वयम् सेविका बुढाले भन्नु भयो ।

छायानाथ राराकै १० नम्बर वडा चराप गाउँ घर भएकी आँङ खस्ने समस्याले पीडित २४ वर्षीय एक महिला नाम नखुलाउने शर्तमा भन्नुहुन्छ, आङ्खसेको ४  बर्ष भयो सारै समस्या छ , घरमा ३ बच्चा छन् ,काम गर्दा  सारै असजिलो हुन्छ, म जस्ता गाउँमा अन्य महिलाहरूमा पनि मेरो जस्तै समस्याले पीडित छन् । आर्थिक अभावका कारण घरमै रोग पाल्नुको विकल्प छैन। 

छायानाथकै वडा नं ११ रोवा  गाउँकी महिला स्वास्थ्य स्वयम् सेविका ५० वर्षीय पार्वती बुढा भन्नु हुन्छ,आफ्नो वडामा पनि  ४ देखि ५ जना सम्म  आङ खस्ने समस्याले महिलाहरू पीडित छन्  । उनीहरूले आर्थिक  समस्या छ । गरिबीका   कारण उपचार पाएका छैनन् ।  दैनिक कार्य बोझले उनीहरूको रोग बल्झिँदै गएको छ ।

सुनौलो परिवार नेपाल (म्यारी स्टोप नेपाल) की म्यारी स्टोप लेडिज जानकी शाहका अनुसार  मुगु जिल्लाका ४ ओटै स्थानीय तहमा  बिगत ६ बर्ष देखि महिलाहरूको पाठेघरको  चेकजाँच , परिवार नियोजन सम्बन्धी काम, पाठेघरको मुखमा रिङ हाल्ने, ओषधि वितरणको  काम गर्दै आउनु भएकी  मुगु  जिल्लाकी म्यारी स्टोप लेडिज जानकी शाहका अनुसार मुगुका अधिकांश बस्तीका महिलाहरूमा पाठेघरको  समस्या बाट पीडित हुने गरेको बताउनु  हुन्छ । 

केही महिला खुले पनि धेरै जसो आफ्नो समस्याबारे सहज रुपमा प्रस्तुत हुँदैनन् । २० जनालाई चेक गर्दा ५ जना जतिको पाठेघरको समस्या देखिने शाहले बताउनुभयो, केही महिलाहरूलाई  शिविरमा समेत लगेर उपचार समेत गराएको शाहको भनाई  थियो ।आर्थिक अभावका कारण  केही पीडित महिलाहरू सुविधा सम्पन्न ठाउँमा गई उपचार गराउन नसक्ने स्थितिमा रहेकाले  रोग पालेर पीडा लुकाउनुको विकल्प नरहेकोले  शाह  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button