तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता

सुन्दरहरैँचा ।मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मङ्गलवार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिनुभयो ।

यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button