तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो ।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।

प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राख्नुभएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button