तपाईँ सुन्दै हुनुहुन्छः

फोक्सुन्डो नदीमा डुबेर २ बालिकाको मृत्यु

डोल्पा । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको श्री तापरिचा माध्यमिक विद्यालयमा अध्ययनरत २ बालिकाको फोक्सुन्डो नदिमा डुबेर मृत्यु भएको छ।

विद्यालय नजिकै रहेको फोक्सुन्डो नदिमा शनिबार बिहान कक्षा ५ मा अध्ययनरत काईके गाउँपालिका–५ बैजिबारा बस्ने बर्ष १२ कि रविना बिष्ट र सोही वडा की कक्षा २ मा अध्ययनरत बर्ष १० कि सोनी बुढाको पानीमा डुबेर मृत्यु गएको हो ।

मृतक बालिकाहरूको शव फोक्सुन्डो नदिको किनारामा भेटिएको डोल्पा प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button