तपाईँ सुन्दै हुनुहुन्छः

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

सुनसरी । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

गाउँपालिका अध्यक्ष गच्छदार लामो समयदेखि सुगर, प्रेसर र ब्रेनहेमोरेइजको समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

अध्यक्ष गच्छदारको ५७ वर्षको उमेरमा आज आफ्नै निवासमा आज दिउँसो १:०० बजे निधन भएको उहाँका स्वकीय सचिव सुभाष गच्छदारले जानकारी दिनुभयो ।

उहाँको पार्थिव शरीरलाई भोलि बिहान १०:०० बजे निवासबाट पालिकासम्म शवयात्रासहित अन्त्येष्टिका लागि लगिने स्वकीय सचिव गच्छदारले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button