तपाईँ सुन्दै हुनुहुन्छः

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button