तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा चट्याङबाट युवकको मृत्यु

इलाम । इलाममा चट्याङबाट एक जनाको युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं-९का ३५ वर्षीय सुनिल गोले तामाङको आज बिहान ७ः३० बजे चट्याङबाट मृत्यु भएको हो । भान्सामा बसिरहेको बेला चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारको लागि इलाम जिल्ला अस्पताल ल्याइएको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएकोमा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।  । प्रहरीका अनुसार तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button